मंगलवार, असार १७,२०८२ 02:40:59
  • मंगलवार, असार १७,२०८२ 02:40:59
Global IME Bank Limited

फेरि घट्यो पेट्रोल, डिजलको मूल्य

Hyundai Nepal
फेरि घट्यो पेट्रोल, डिजलको मूल्य
Nabil Bank Limited

काठमाण्डौ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य पुनः घटेको छ ।  

नेपाल आयल निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचिअनुसार इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

सो बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको छ । 

मूल्य समायोजनपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ रुपैयाँमा सीमित भएको छ ।  

यसैगरी, डिजल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२ रुपैयाँ, सुर्खेत र दाङ वरपर १५१ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.