मंगलवार, श्रावण २६,२०८३ 03:26:22
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 03:26:22
Bizshala
Global IME Bank Limited

पेट्रोलको मूल्य कम्तीमा रु. १५ र डिजल/मट्टितेलको मूल्य रु. १० सम्म घट्नसक्ने

Prabhu Bank Limited
पेट्रोलको मूल्य कम्तीमा रु. १५ र डिजल/मट्टितेलको मूल्य रु. १० सम्म घट्नसक्ने
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ। योसँगै  अब नेपालमा पछिल्लो केही साता अचाक्ली बढाइएको इन्धनको मूल्य कति घट्ला ? भन्ने बहस नागरिकस्तरमा सुरु भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्दै आएको भन्सार महसुल आधा कटौती गर्ने र पूर्वाधार विकास करमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरेसँगै अब नेपाल आयल निगमले मूल्य कति समायोजन गर्ला भन्ने अनुमान सुरु भएको छ । 

सरकारको निर्णयपछि इन्धनको मूल्य संरचनामा प्रत्यक्ष असर पर्ने स्पष्टै छ । सरकारको निर्णय कार्यान्वयनपछि हालसम्म पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँका दरले लाग्दै आएको पूर्वाधार कर अब घटेर ५ रुपैयाँमा झर्नेछ। त्यसैगरी, पेट्रोलमा प्रतिलिटर २५.२३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १२.०३ रुपैयाँ रहेको भन्सार महसुललाई पनि आधाले घटाइएको छ । यसरी हेर्दा सरकारको यो निर्णयका कारण पेट्रोलको मूल्य प्रतिलिटरमा १८ रुपैयाँ हाराहारी घट्ने देखिन्छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ११ रुपैयाँले काम हुनेछ ।  

अब प्रश्न उठ्छ: आयल निगमले सरकारले दिएको कर तथा महसुल छुटबाछ घटेको पूरै रकमअनुसारकै राहात उपभोक्ता दिन्छ या दिंदैन ? पछिल्लो समय दैनिकजसो निकै ठूलो घाटामा रहेको निगमले छुटअनुसार पूरै राहात उपभोक्तालाई दिनसक्ने सम्भावना छैन ।  

आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले सञ्चालक समितिमा क्याबिनेटको निर्णय तथा सोहीअनुसारको अन्तर मन्त्रालय निर्देशन आएपछि अजेण्डा लगेर कतिसम्म राहात दिने भन्ने आवश्यक निर्णय हुने जानकारी गराए । सरकारको निर्णयबाट जति मूल्य घट्यो, सबै नै उपभोक्तालाई सोझै मूल्यमा छुट दिने सम्भावना भने न्यून रहेको उनले संकेत गरेका छन् । 

निगमस्थित केही स्रोतहरुले भने पेटोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजल मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्मले घटाउने निर्णय हुनसक्छ ।  

आयल निगमले मूल्य समायोजनको निर्णय सम्भवतः आजै गर्नसक्छ ।  

पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन महँगिँदै जाँदा नेपालमा पनि यसको प्रभाव पर्दै आएको छ । इन्धन महंगो हुँदा त्यसले मुद्रास्फिति निरन्तर बढिरहेको छ । उपभोक्ताको भान्छा महंगिएर अचाक्ली भइसकेको भन्दै बालेन नेतृत्वको सरकारप्रति असन्तुष्टि बढिरहेको अवस्थामा सरकारले एकैपटक निकै ठूलो राहात दिने निर्णय गरेको हो  ।

सरकारले इन्धनमा कर तथा महसुल छुट गरेर नागरिकलाई राहात दिने निर्णयसँगै खपतलाई समेत कम गर्न विभिन्न उपायहरुलागू गरिरहेको छ । आइतबार र शनिवार विदा दिने निर्णय यसअघि नै भइसकेको छ भने मंगलबारको क्याबिनेटबाट आवश्यक पर्दा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने, उच्च सरकारी अधिकारीहरुलाई दिंइदै आएको इन्धन सुविधामा व्यापक कटौति गर्ने लगायतका निर्णयहरु समेत धमाधम भइरहेका छन् । सरकारी निकायहरुले नागरिकहरुलाई समेत अनावश्यक इन्धन खपत नगर्न र मितव्ययी बनिदिन बारम्बार आग्रह गरिरहेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X