बुधबार, श्रावण ६,२०८३ 10:38:43
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:38:43
Bizshala
Global IME Bank Limited

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ३ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ३ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
New Office

काठमाण्डौ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएको छ । नेपाल आयल निगमले बाँकी रहेको काम पनि आगामी ३ महिनाभित्र सम्पन्न गरी पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी गरेको छ ।  

अहिले उक्त परियोजनाअन्तर्गतको मुख्य २ वटा ट्याङ्क निर्माण कार्य सकिएको छ । अन्य प्राविधिक कामलाई पनि ३ महिनाभित्रै सकेर पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारीमा निगम जुटेको हो । मुख्य २ वटा ट्याङ्कको भण्डारण क्षमता ४१ सय किलोलिटर रहेको छ । अहिले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भईरहेको छ ।  

केही सिभिल, इलोक्ट्रिोनिक्स र आइटीसँग सम्बन्धित काम भने बाँकी रहेको छ । परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ। दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य निगमको रहेको छ ।  

दोस्रो चरणको परियोजनाका लागि निगम र भारतको आइओसीले संयुक्त रूपमा लगानी गर्ने गरी सम्झौता गरेका थिए ।  जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक/एक वटा ट्याङ्कको लागत व्यहोर्ने सम्झौता भएको थियो ।  

भारतीय पक्षले मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क निर्माण गर्ने सम्झौता भएको थियो । पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतले २ अर्ब भारु खर्च  गरेको थियो । तर दोस्रो चरणको काममा भएको ढिलाईका कारण पाइप लाइन विस्तारको लागत बढेर १ अर्ब ५४ करोड भारु पुगेको छ ।  

निगमले भने एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वधार निर्माण गर्ने सम्झौता भएको थियो । यो आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेलको आयात पाइपलाइनबाटै हुनेछ।

यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने र वार्षिक करिब १५ करोड रुपैयाँ बचत हुने निगमले अनुमान गरेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.