सोमबार, आश्विन २६,२०८३ 05:51:46
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 05:51:46
Bizshala
Global IME Bank Limited

दसैंको मुखमा ग्यास अभाव, सिफलमा लाइन; सिलिन्डर राख्नसमेत पैसा तिरेको गुनासो

Bizshala
दसैंको मुखमा ग्यास अभाव, सिफलमा लाइन; सिलिन्डर राख्नसमेत पैसा तिरेको गुनासो
New Office

 

काठमाण्डौ ।  दसैं नजिकिँदै गर्दा काठमाडौंसहित विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। माग बढेका बेला आपूर्ति सहज नहुँदा उपभोक्ता खाली सिलिन्डर बोकेर लाइन बस्न बाध्य भएका छन्।

काठमाडौंको सिफल क्षेत्रमा केही दिनदेखि ग्यास लिन उपभोक्ताको लाइन देखिएको छ। उपभोक्ताले समयमा ग्यास नपाएको, कतिपयले लामो समयदेखि खाली सिलिन्डर राखेर पालो कुर्नुपरेको र केही ग्यास पसलसमेत बन्द रहेको गुनासो गरेका छन्।

लाइन व्यवस्थापनको नाममा रातभर बाहिर सिलिन्डर राख्नुपर्दा ५० रुपैयाँसम्म तिर्नुपरेको उपभोक्ताले बताएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

दसैंमा ग्यास अभाव हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। तर, व्यवहारमा उक्त व्यवस्था सहज नभएको उपभोक्ताको गुनासो छ।

जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि कतिपय ग्यास उद्योग तथा विक्रेताले आफ्नै ब्रान्डका सिलिन्डर मात्र स्वीकार गरेको उपभोक्ताले बताएका छन्।

चाडपर्वको मुखमा ग्यासको माग स्वाभाविक रूपमा बढ्ने भए पनि वितरण प्रणाली चुस्त नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। विशेषगरी काठमाडौंका केही क्षेत्रमा खाली सिलिन्डरसहित लामो समय लाइन बस्नुपर्ने अवस्था देखिएको छ।

सरकारी निकायले ग्यास आपूर्ति सहज रहेको दाबी गरे पनि बजारमा देखिएको लाइन र उपभोक्ताको गुनासोले वितरण पक्षमा समस्या कायमै रहेको संकेत गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.