बाढीले खल्बल्यायो काठमाडौंको आपूर्ति शृङ्खला, अहिले अभावको चिन्ता–दसैँमा महँगीको डर
काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा प्रत्यक्ष जनधनको ठूलो क्षति मात्र पुर्याएको छैन, काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खलासमेत गम्भीर रूपमा खल्बल्याएको छ।देशकै ठूलो उपभोग केन्द्र काठमाडौंमा खाद्यान्न, इन्धन, ग्यास, तरकारी, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको नियमित आपूर्ति मुख्यतः सडकमार्गमा निर्भर छ। तर बाढीपछि पृथ्वी राजमार्ग पटकपटक...

