बिहीबार, आश्विन २९,२०८३ 02:57:40
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:57:40
Bizshala
Global IME Bank Limited

दसैँ सुरक्षा : काठमाडौं उपत्यकामा ८ हजारभन्दा बढी प्रहरी परिचालन, ९ मुख्य चुनौतीमा विशेष निगरानी

Bizshala
दसैँ सुरक्षा : काठमाडौं उपत्यकामा ८ हजारभन्दा बढी प्रहरी परिचालन, ९ मुख्य चुनौतीमा विशेष निगरानी
New Office

 

काठमाण्डौ । दसैँ तथा त्यसपछिका चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ८ हजार १५ जना प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले विशेष चाडपर्व सुरक्षा योजना लागू गरेको हो। यो सुरक्षा योजना फूलपातीदेखि छठसम्म कायम रहने उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

दसैँको समयमा भीडभाड बढ्ने बजार क्षेत्र, व्यापारिक केन्द्र, बसपार्क तथा उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।

थानकोट, साँगा, फर्पिङ, मुड्खु, टोखा, जर्सिङपौवा र भट्टेडाँडालगायत प्रमुख नाकामा तालिमप्राप्त कुकुरसहित चेकजाँच भइरहेको छ। विस्फोटक पदार्थ तथा लागुऔषधको सम्भावित ओसारपसार रोक्न ‘डग स्निफिङ’ समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, मुख्य बजार क्षेत्रमा ड्रोनमार्फत निगरानी गरिएको छ भने लुटपाट, चोरी तथा पाकेटमारीको जोखिम रहेका स्थानमा माइकिङसहित सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

३७ स्थानमा नागरिक सहायता कक्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित उपत्यकाका ३७ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौं जिल्लामा मात्रै १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दसैँमा उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले नयाँ बसपार्क, कलंकी तथा अन्य प्रमुख यातायात केन्द्रमा विशेष निगरानी बढाइएको छ।

नयाँ बसपार्क क्षेत्रमा टिकट कालोबजारी, यात्रु ठगी तथा बिचौलियाबाट हुने हैरानी नियन्त्रण गर्न नियमित सुरक्षाकर्मीबाहेक थप ३० प्रहरी परिचालन गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

मापसे र लापसेमा २४ घण्टा चेकिङ

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक तथा निजी सवारीचालकबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न २४ सै घण्टा मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) चेकिङ गरिरहेको छ।

असोज २५ गतेदेखि नयाँ बसपार्क, कलंकी, भक्तपुरको जगाती र ललितपुरको टिकाभैरव क्षेत्रमा यस्तो चेकिङ तीव्र पारिएको छ।

प्रहरीका अनुसार सुरक्षा योजना लागू भएपछि लापसे गरेर सवारी चलाउने १२ जना र मापसे गरेर सवारी चलाउने २४६ जना नियन्त्रणमा परेका छन्। तीमध्ये १८ जना सार्वजनिक सवारीका चालक थिए।

राति ‘स्विप अपरेसन’

दसैँ सुरक्षा योजनाअन्तर्गत प्रहरीले रातको समयमा विशेष ‘स्विप अपरेसन’ पनि सञ्चालन गरिरहेको छ।

राति शंकास्पद रूपमा हिँडडुल गर्ने ३४१ जनालाई नियन्त्रणमा लिएर स्क्रिनिङ गरिएको प्रहरीले जनाएको छ। यस क्रममा १२ जनाको विवरण प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) सँग मेल खाएको छ।

उपत्यकाबाट सात जनालाई फलामको रडसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बैंक, सुनचाँदी पसल र आर्थिक कारोबार क्षेत्र निगरानीमा

दसैँमा आर्थिक कारोबार बढ्ने भएकाले बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र ठूलो रकमको कारोबार हुने क्षेत्रमा विशेष निगरानी गरिएको छ।

यस्ता संवेदनशील स्थानमा सीसीटीभीमार्फत २४ सै घण्टा निगरानी भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

यी हुन् ९ मुख्य सुरक्षा चुनौती

प्रहरीले चाडपर्वका क्रममा हुन सक्ने नौ प्रकारका घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।

आर्थिक अपराध तथा ठगी, बैंकिङ ठगी र अनलाइन स्क्यामलाई प्राथमिक चुनौतीका रूपमा राखिएको छ। यसैगरी दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव, कालोबजारी तथा गुणस्तरहीन सामानको बिक्रीलाई पनि निगरानीमा राखिएको छ।

चोरी, लुटपाट, गुण्डागर्दी, झैझगडा, सवारी दुर्घटना तथा यात्रुलाई बिचौलियाबाट हुने ठगी र हैरानीसमेत प्रमुख चुनौतीमा समेटिएका छन्।

त्यसैगरी जुवातास, सट्टेबाजी र पटकालगायत विस्फोटक पदार्थको प्रयोग हुन सक्ने जोखिमलाई पनि प्रहरीले विशेष निगरानीमा राखेको छ।

दसैँमा उपत्यकाका धेरै घर खाली हुने र बजार तथा यातायात केन्द्रमा भीड बढ्ने भएकाले सम्भावित अपराध रोक्न दिनसँगै रातिको सुरक्षा परिचालनसमेत बढाइएको प्रहरीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.