Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 07:59:39
Bizshala
Global IME Bank Limited

कृष्णभीरमा सडक अवरुद्ध, वैकल्पिक मार्गबाट काठमाडौंमा एलपी ग्यास आपूर्ति गरिने

कृष्णभीरमा सडक अवरुद्ध, वैकल्पिक मार्गबाट काठमाडौंमा एलपी ग्यास आपूर्ति गरिने
New Office

काठमाण्डौ । धादिङको कृष्णभीरमा त्रिशूली नदीको भीषण बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक आपूर्ति व्यवस्था मिलाएको छ।

२०८३ साल भदौ १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक कटान भएको हो। सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको नियमित ढुवानीमा समस्या देखिएको निगमले जनाएको छ।

उपभोक्तालाई ग्यास अभाव हुन नदिन निगमले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्ने निर्णय गरेको छ।

Bizshala
CG Motors

निगमका अनुसार काठमाडौं तथा आसपासका जिल्लामा एलपी ग्यास बिक्री वितरण गर्ने उद्योगहरूले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायतका जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गर्नेछन्। आवश्यकताअनुसार आफूलाई पायक पर्ने अन्य जिल्लाका ग्यास उद्योगसँग समेत समन्वय गरी त्यहाँ आफ्ना बुलेट खाली गराएर एलपी ग्यास सिलिन्डर रिफिल गरिनेछ।

रिफिल गरिएका सिलिन्डरहरू ट्रकमा राखी कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति र बिक्री वितरण गरिनेछ।

त्यस्तै, पेट्रोलियम पदार्थ तथा एलपी ग्यास ढुवानी गर्ने ट्यांकर र ट्रकलाई पनि स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

मुख्य राजमार्गमा आएको अवरोधका कारण आपूर्ति प्रणालीमा चुनौती देखिए पनि वैकल्पिक मार्ग र अन्य जिल्लाका ग्यास उद्योगसँगको समन्वयमार्फत काठमाडौंमा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने प्रयास भइरहेको छ।

निगमले कृष्णभीरको सडक नखुलेसम्म वैकल्पिक आपूर्ति प्रणालीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.