काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा रु. ४ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।
मूल्य समायोजनसँगै पेट्रोलको नयाँ मूल्य अब प्रतिलिटर १५९ रुपैयाँ तथा डिजलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।
इण्डियन आयल कर्पोरेसन(आईओसी)ले आजै नयाँ मूल्यसूची पठाएको र सोहीअनुसार पेट्रोल र डिजलको मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत प्रष्ट्याएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।