बुधबार, कार्तिक ७,२०८१ 10:15:15
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 10:15:15
IME remit
Global IME Bank Limited

चाडपर्वको मुखमा उपभोक्तालाई राहात, इन्धनको मूल्य घट्यो

Hyundai Nepal
चाडपर्वको मुखमा उपभोक्तालाई राहात, इन्धनको मूल्य घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  

निगमको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्यमा प्रतिलिटिर ६ रुपैयाँ घटाइएको छ । 

Bizshala
Shivam Cement
CG Motors

मूल्य घटेपछि क्षेत्रअनुसार पेट्रोलको मूल्य १५५ देखि १५८ रुपैयाँ, डिजलको मूल्य १४६ देखि १४७ रुपैयाँसम्म कायम भएको छ ।  

निगमले आन्तरिक हवाइ इन्धनको मूल्य घटाएर प्रतिलिटर १२६ रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

ठूला चाडपर्वको मुखैमा इन्धनको मूल्य घट्दा यातायात तथा ढुवानी खर्च कम भई सर्वसाधारणलाई थोरै भए पनि राहात हुने अपेक्षा गरिएको छ ।  

इन्धनको मूल्य घट्दा दशैंतिहार र छठजस्ता पर्वमा खपत हुने खाद्यान्नको ढुवानी खर्च समेत घट्न गई समग्र मूल्यमै राहात हुनसक्छ । यद्यपि बाढीपहिरोका कारण ठाउँ ठाउँको आवागमन अवरुद्ध भएकोले त्यसबाट बढ्नसक्ने महंगी नियन्त्रणतर्फ भने सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.