मंगलवार, श्रावण २६,२०८३ 03:26:52
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 03:26:52
Bizshala
Global IME Bank Limited

चाडपर्वको मुखमा उपभोक्तालाई राहात, इन्धनको मूल्य घट्यो

Prabhu Bank Limited
चाडपर्वको मुखमा उपभोक्तालाई राहात, इन्धनको मूल्य घट्यो
New Office

काठमाण्डौ । आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  

निगमको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्यमा प्रतिलिटिर ६ रुपैयाँ घटाइएको छ । 

मूल्य घटेपछि क्षेत्रअनुसार पेट्रोलको मूल्य १५५ देखि १५८ रुपैयाँ, डिजलको मूल्य १४६ देखि १४७ रुपैयाँसम्म कायम भएको छ ।  

निगमले आन्तरिक हवाइ इन्धनको मूल्य घटाएर प्रतिलिटर १२६ रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

ठूला चाडपर्वको मुखैमा इन्धनको मूल्य घट्दा यातायात तथा ढुवानी खर्च कम भई सर्वसाधारणलाई थोरै भए पनि राहात हुने अपेक्षा गरिएको छ ।  

इन्धनको मूल्य घट्दा दशैंतिहार र छठजस्ता पर्वमा खपत हुने खाद्यान्नको ढुवानी खर्च समेत घट्न गई समग्र मूल्यमै राहात हुनसक्छ । यद्यपि बाढीपहिरोका कारण ठाउँ ठाउँको आवागमन अवरुद्ध भएकोले त्यसबाट बढ्नसक्ने महंगी नियन्त्रणतर्फ भने सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X