आईतवार, श्रावण ३१,२०८३ 10:04:40
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 10:04:40
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा आज यी सात स्थानबाट ग्यास सिलिण्डर बिक्री हुँदै

Prabhu Bank Limited
काठमाण्डौमा आज यी सात स्थानबाट ग्यास सिलिण्डर बिक्री हुँदै
New Office

काठमाण्डौ । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज काठमाण्डौ उपत्यकाका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमामण्डौ र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिने निगमले जनाएको छ।

नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा उपस्थित भएर ग्यास खरिद गर्न सक्नेछन्।

CG Motors

निगमका अनुसार ग्यास बिक्री हुने स्थान र उपलब्ध ब्रान्डहरू यसप्रकार छन्ः

निगमको टेकु परिसरः नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीराम र सगर

पशु सेवा शाखा, चपली, बुढानीलकण्ठः नेपाल, एचपी र भानु

राधास्वामी, कीर्तिपुर परिसरः नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया

नयाँ बजार जुडो हल परिसरः नेपाल, एचपी र ओम

तारकेश्वर नगरपालिका परिसरः नेपाल र एचपी

चन्द्रागिरी नगरपालिका कार्यालयः लोकप्रिय, नेपाल, एचपी र श्रीमाया

राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीः नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टर सुगम र एसटीसी

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र बिक्रेतामार्फत पनि वितरण जारी रहेको जनाएको छ। निगमले नियमित बिक्रेताबाट ग्यास पाउन नसकेका समस्यामा परेका उपभोक्तालाई मात्र तोकिएका केन्द्रमा आएर ग्यास खरिद गर्न आग्रह गरेको छ।

यसअघि शनिबार निगमले काठमाण्डौका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास सिलिण्डर बिक्री गरेको थियो।

निगमले ग्यासको आपूर्ति सहज बनाउन आवश्यक समन्वय भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्नसमेत आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.