काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विशेष साधारण सभा डाकेको छ । असार ९ गते बसेको निगमको सञ्चालक समितिको बैठकले यही असार २७ गते विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौका सिंहदरबारमा रहेको उद्योग मन्त्रालयको सभाकक्षमा अपराह्न एक बजेदेखि सुचारु हुनेछ ।
सभामा नेपाल आयल निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को दफा २१ बमोजिम स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।