काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६ जनाले आवेदन दिएका छन्। नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदपूर्तिका लागि गठित सिफारिस समितिका अनुसार आवेदन दिने अन्तिम मिति असार २२ गतेसम्म रीतपूर्वक ६ जनाको आवेदन परेको हो।
आवेदन दिनेमा छविराज पोख्रेल, कोशल केसी, सञ्जिव कुमार देव, सीए नागेन्द्र साह, सरोज कुमार शर्मा र दीपेन्द्र कुमार देव रहेका छन्।
सिफारिस समितिले असार १ गते कार्यकारी निर्देशक पदपूर्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार असार २ गते गोरखापत्रमार्फत सूचना प्रकाशित गर्दै इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरिएको थियो।
आवेदकमध्ये छविराज पोख्रेल र कोशल केसी प्युठानका, सञ्जिव कुमार देव र दीपेन्द्र कुमार देव सप्तरीका, सीए नागेन्द्र साह धनुषाका तथा सरोज कुमार शर्मा महोत्तरीका हुन्।

