मंगलवार, श्रावण २६,२०८३ 03:27:59
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 03:27:59
Bizshala
Global IME Bank Limited

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आलोचनामा आयल निगमले दियो स्पष्टीकरण

Prabhu Bank Limited
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आलोचनामा आयल निगमले दियो स्पष्टीकरण
New Office

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने कारण देखाउँदै स्पष्टीकरण दिएको छ ।  

पेट्रोलियम पदार्थको मूल्य महँगोमा बेचेको भन्दै सामाजिक सञ्जाल लगायत चौतर्फी आलोचना भएपछि निगमले यस विषयमा स्पष्टीकरण दिएको हो ।  

विशेषगरी सामाजिक सञ्जालहरुमा कच्चा तेल (क्रुड आयल) को मूल्यको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको भाउ उच्च राखिएको भन्दै उठ्न थालेको छ । यसै विषयमा नेपाल आयल निगमले आइतबार ८ बुँदे प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

निगमका अनुसार नेपालमा इन्धनको मूल्य निर्धारण कच्चा तेलको भाउका आधारमा नभई प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यलाई आधार मानेर गरिन्छ । देशमा पेट्रोलियम रिफाइनरी नहुँदा कच्चा तेल सिधै आयात गर्न नसकिने र तयार पेट्रोल तथा डिजेल नै बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गरिएको छ ।

निगमले इन्धन खरिदका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग निर्भर रहँदै आएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, कि प्रशोधित इन्धन स्वाभाविक रूपमा कच्चा तेलभन्दा महँगो पर्ने भएकाले मूल्य तुलना गर्दा क्रुड आयलभन्दा पेट्रोल र डिजेलको अन्तर्राष्ट्रिय मूल्यलाई आधार बनाउनुपर्ने हुन्छ । आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारको औसत मूल्यका आधारमा नयाँ दर पठाउने गर्छ र सोही आधारमा नेपालमा खुद्रा मूल्य समायोजन गरिन्छ ।

निगमका अनुसार अप्रिल १६ मा कच्चा तेलको मूल्य प्रति ब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । त्यस्तै अप्रिल २ मा कच्चा तेल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको थियो।

सामान्य अवस्थामा कच्चा तेल र पेट्रोलबीच करिब १० डलर तथा कच्चा तेल र डिजेलबीच करिब २० डलरको अन्तर हुने गरे पनि हाल यो अन्तर उल्लेखनीय रूपमा बढेर क्रमशः १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले मूल्य समायोजनमा थप दबाब सिर्जना गरेको बताइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X