मंगलवार, असार १६,२०८३ 01:52:25
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:52:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

Laxmi Sunrise Bank Limited
आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

काठमाण्डौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम अन्तिम सिफारिसमा परेको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जनाएको हो ।  

मन्त्रालयका अनुसारसिफारिसमा पर्नेमा चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् । 

New Office
CG Motors
Garima Development Bank

रिक्त रहेको निगमको कार्यकारी निर्देशक पदका लागि गत पुस ७ गते दरखास्त आह्वान गरिएको थियो । उक्त दरखास्त स्वीकृत उम्मेदवारमध्ये कार्यकारी निर्देशक छनौटका लागि सिफारिस समितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंकप्राप्त गर्ने तीनजनाको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।  

निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि निगम कार्यकारी निर्देशकविहिन अवस्थामा छ । कार्यकारी निर्देशकका लागि १४ जनाको आवेदन परेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.