मंगलवार, असार ९,२०८३ 01:06:45
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:06:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचन आयोगद्वारा मतदाताका लागि टोल–फ्री ‘कल सेन्टर’ सञ्चालन

Laxmi Sunrise Bank Limited
निर्वाचन आयोगद्वारा मतदाताका लागि टोल–फ्री ‘कल सेन्टर’ सञ्चालन

काठमाण्डौ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता तथा सरोकारवालाको सूचना पहुँच सहज बनाउन टोल–फ्री कल सेन्टर सञ्चालनमा ल्याएको छ।

आयोगको केन्द्रीय कार्यालय, कान्तिपथबाट सञ्चालनमा आएको उक्त कल सेन्टरमार्फत निर्वाचन प्रक्रिया, मतदाता नामावली, मतदान विधि तथा अन्य निर्वाचनसम्बन्धी जिज्ञासामा प्रत्यक्ष जानकारी प्राप्त गर्न सकिने आयोगले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरी मतदाता, नागरिक तथा सरोकारवालाले आफ्ना प्रश्न राख्न सक्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

६ वटा डेस्कबाट सेवा प्रदान गरिने उक्त कल सेन्टरमा एकै पटक १५ जनासम्मको फोन कल व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ, जसका कारण फोन होल्डमा पर्नुपर्ने समस्या न्यून हुने आयोगले जनाएको छ।

निर्वाचन नजिकिँदै जाँदा मतदातालाई सही र समयमै सूचना उपलब्ध गराउने उद्देश्यले यस किसिमको सेवा प्रभावकारी हुने अपेक्षा आयोगले गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.