काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएकोछ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, नेपाल स्टक हाउस, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।
आज ६ वटा ब्रोकर कम्पनीबाट अर्बौ रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा नासा, सनि, भिजन, इम्पेरियल, त्रिशक्ति र डायनामिक मनि म्यानेजर्स छन् ।

