बुधबार, आश्विन २८,२०८३ 05:08:57
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 05:08:57
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुको प्रिमियम कलेक्सन झण्डै एक खर्ब रुपैयाँ, सबैको व्यवसायमा ग्रोथ

Bizshala
जीवन बीमा कम्पनीहरुको प्रिमियम कलेक्सन झण्डै एक खर्ब रुपैयाँ, सबैको व्यवसायमा ग्रोथ
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सो अवधिसम्म सबै बीमा कम्पनीहरुको व्यवसाय उल्लेख्य बढेको छ । दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै प्रिमियम भित्र्याउनेमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनी एक्लैले २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.६० प्रतिशत बढी हो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ११ अर्ब ३७ करोड, एलआइसी नेपालले १० अर्ब २२ करोड, हिमालयन लाइफले ८ अर्ब ६२ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड, एशियन लाइफले ४ अर्ब ६४ करोड, सिटिजन लाइफले ४ अर्ब ४ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड, मेट लाइफले ३ अर्ब २४ करोड, आइएमई लाइफले ३ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ११ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा राष्ट्रिय बीमा जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीको व्यवसाय १२८.२५ प्रतिशतले बढेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X