जीवन बीमकहरुले संकलन गरे रु.१८.५३ अर्ब प्रिमियम, व्यवसाय बढाउन सिटिजन र रिलायबल नेपाल लाइफ अग्रस्थानमा
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले एक महिनामै साढे १८ अर्ब रुपैयाँ प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकहरुले साउन महिनामा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरुको यो व्यवसाय गत आवको तुलनामा ५.४५ प्रतिशत कम हो । गत आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।