बिहीबार, चैत्र २१,२०८१ 04:43:50
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:43:50
IME remit
Global IME Bank Limited

जीवन बीमकहरुले संकलन गरे रु.१८.५३ अर्ब प्रिमियम, व्यवसाय बढाउन सिटिजन र रिलायबल नेपाल लाइफ अग्रस्थानमा

Hyundai Nepal
जीवन बीमकहरुले संकलन गरे रु.१८.५३ अर्ब प्रिमियम, व्यवसाय बढाउन सिटिजन र रिलायबल नेपाल लाइफ अग्रस्थानमा
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले एक महिनामै साढे १८ अर्ब रुपैयाँ प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकहरुले साउन महिनामा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

बीमा कम्पनीहरुको यो व्यवसाय गत आवको  तुलनामा ५.४५ प्रतिशत कम हो । गत आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

Shivam Cement
Bizshala
CG Motors

गत आर्थिक वर्षको तुलनामा अधिकांश बीमा कम्पनीले व्यवसाय बृद्धि गरेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसायमा उच्च गिरावट देखिँदा समग्र जीवन बीमकहरुको व्यवसाय सामान्य घटेको देखिएको हो ।  

साउन महिनामा सर्वाधिक प्रिमियम भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ५ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।  

त्यस्त, नेशनल लाइफले पनि २ अर्ब २६ करोड रुपैयाँ प्रिमियम संकलन गरी दोस्रो स्थान हासिल गरेको छ । यता एलआइसी नेपालले पनि २ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेर तेस्रो स्थान कायम गर्न सफल भएको छ ।  

त्यस्तै, हिमालयन लाइफले १ अर्ब ९३ करोड, सुर्यज्योति लाइफले १ अर्ब १२ करोड, एशियन लाइफले ९२ करोड ७३ लाख, सिटिजन लाइफले ७६ करोड ४१ लाख, सानिमा रिलायन्स लाइफको ६७ करोड ५९ लाख, प्रभु महालक्ष्मी लाइफले ५८ करोड ७४ लाख, आइएमई लाइफले ५४ करोड २७ लाख, मेट लाइफले ५० करोड ५५ लाख, रिलायबल नेपाल लाइफले ४९ करोड ९७ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४६ करोड ८८ लाख रुपैयाँ र सन नेपाल लाइफले ४४ करोड ८७ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।  

कुनको कति बढ्यो व्यवसाय ?  

गत आवको साउन महिनाको तुलनामा यस अवधिसम्म सर्वाािधक व्यवसाय बढाउने कम्पनीमा सिटिजन लाइफ रहेको छ । कम्पनीले ३१।८८ प्रतिशतले व्यवसाय बढाएको छ ।  

गत आवको साउन महिनामा ५७ करोड ९४ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको सिटिजनले चालु आवको साउन महिनामा ७६ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।  

त्यस्तै, रिलायबल नेपाल लाइफले पनि ३१.११ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ । गत आवमा ३८ करोड ११ लाख रुपैयाा बीमाशुल्क संकलन गरेको यस कम्पनीले यस अवधिसम्म ४९ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  

यसका साथै सन नेपाल लाइफले २५.९५ प्रतिशत, एशियन लाइफले १३.१० प्रतिशत, सुर्यज्योति लाइफले १२.४२ प्रतिशत, नेपाल लाइफले ९.३२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ८.५७ प्रतिशत, एलआइसी नेपालले ७.९२ प्रतिशत, आइएमई लाइफले ३.२० प्रतिशत, मेट लाइफले २.६८ प्रतिशत र सानिमा रिलायन्स लाइफले १.१८ प्रतिशतले व्यवसाय बढाएको छ ।  

यता राष्ट्रिय जीनव बीमा कम्पनीको व्यवसाय भने ८५.९८ प्रतिशतले घटेको छ । साथै हिमालयन लाइफको पनि ०.२० प्रतिशतले व्यवसाय घट्न पुगेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.