शनिबार, फाल्गुन १६,२०८२ 09:31:45
Bizshala
  • शनिबार, फाल्गुन १६,२०८२ 09:31:45
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको खुद ब्याज आम्दानी र नाफा सामान्य बढ्यो, वितरणयोग्य मुनाफा ६३.०३% ले घट्यो

महालक्ष्मी विकास बैंकको खुद ब्याज आम्दानी र नाफा सामान्य बढ्यो, वितरणयोग्य मुनाफा ६३.०३% ले घट्यो
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि सामान्य बढेको छ । अघिल्लो आवमा १ अर्ब १ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ । बैंकको वितरणयोग्य मुनाफा ६३.०३ प्रतिशतले घटेर ३ करोड ४८ लाखमा सीमित बनेको छ । यससँगै बैंकको लाभांश क्षमता पनि १.६२ प्रतिशतमा खुम्चिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकका रिजर्भको आकार भने २ अर्ब ३४ करोडबाट बढेर २ अर्ब ५६ करोड रुपैयाँमा पुगेको छ । खराब कर्जा अनुपात भने ४.९३ प्रतिशतबाट वृद्धि भएर ६.१० प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१४.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६५.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७४ गुणा र तरलता अनुपात २८.५१ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.