काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं साधारण सभा आगामी फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

