आईतवार, असार १४,२०८३ 04:09:59
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:09:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक्सट्रिम इनर्जी ड्रिंक्स आईसीसी टी–२० विश्वकप क्रिकेटको प्रसारण टाईटल स्पोन्सर

Laxmi Sunrise Bank Limited
एक्सट्रिम इनर्जी ड्रिंक्स आईसीसी टी–२० विश्वकप क्रिकेटको प्रसारण टाईटल स्पोन्सर

काठमाण्डौ । आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटका सम्पूर्ण खेलहरू यसपटक एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रसारण मुख्य प्रायोजनमा कान्तिपुर म्याक्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ । विश्वकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारणसँग जोडिँदै खेल, जोश र ऊर्जाको प्रतिनिधि ब्रान्ड एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाली क्रिकेट प्रेमीहरूसँग थप नजिकिएको कम्पनीले जनाएको छ । यससम्बन्धी प्रायोजन सम्झौता बिहिबार आयोजित एक कार्यक्रममा कान्तिपुर म्याक्स र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच सम्पन्न भएको छ ।

सम्झौतामा कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र एक्सट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेड पवनकुमार श्रेष्ठले हस्ताक्षर गरे । नेपाली टेलिभिजन च्यानलमार्फत पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट प्रत्यक्ष प्रसारण हुन लागेको हो । कान्तिपुर म्याक्सले विश्वकपका सम्पूर्ण ५५ खेल प्रत्यक्ष प्रसारण गर्नेछ । खेलहरू कान्तिपुर म्याक्समा अंग्रेजी कमेन्ट्री र कान्तिपुर म्याक्स–२ मा नेपाली कमेन्ट्रीसहित प्रसारण हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

विश्वकपका खेल हुने दिनहरूमा एक्सट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा प्रि–म्याच तथा पोस्ट–म्याच विशेष कार्यक्रमहरू सञ्चालन गर्ने छ । कार्यक्रमहरूमा क्रिकेट विज्ञहरूसँग खेलको गहिरो विश्लेषण, समीक्षा र छलफल प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई खेलको रोमाञ्च अझ नजिकबाट अनुभूति गराउने अपेक्षा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले विभिन्न सोसल मिडिया तथा उपभोक्ता–केन्द्रित क्याम्पेनहरू सञ्चालन गर्दै ४० जना भाग्यशाली क्रिकेट प्रेमीलाई मुम्बईमा आईसीसी टी–२० विश्वकपका खेलहरू स्टेडियममै गएर प्रत्यक्ष अवलोकन गर्ने आकर्षक प्याकेज प्रदान गरेको छ । उक्त प्याकेजअन्तर्गत विजेताहरूले खेलाडीहरूलाई प्रत्यक्ष रूपमा हौसला प्रदान गर्ने अवसर समेत पाएका छन्, जसले नेपाली क्रिकेट प्रेमीहरूको सहभागिता र उत्साहलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अपेक्षा कम्पनीको रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.