शुक्रबार, बैशाख ४,२०८३ 06:52:16
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 06:52:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एप्पलले आर्जन गर्यो हालसम्मकै उच्च त्रैमासिक आम्दानी, आईफोनको बिक्री २३ प्रतिशतले वृद्धि

Bizshala
एप्पलले आर्जन गर्यो हालसम्मकै उच्च त्रैमासिक आम्दानी, आईफोनको बिक्री २३ प्रतिशतले वृद्धि
Shivam Cement

काठमाण्डौ । विश्वको दिग्गज टेक कम्पनी एप्पलले आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिमा १४३.८ बिलियन डलरबराबरको आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा १६ प्रतिशतले बढी हो ।

यो एप्पलले हालसम्म आर्जन गरेको सबैभन्दा उच्च त्रैमासिक आम्दानी समेत हो । आईफोनको बिक्रीमा आएको उछाल र अनेपक्षित रुपमा चिनियाँ बजारमा कम्पनीले गरेको कमब्याकका कारण कम्पनीको आम्दानीमा राम्रो सुधार देखिएको हो ।

एप्पलको आम्दानीमा सबैभन्दा बढी हिस्सा आईफोनको बिक्रीको रहेको छ । आईफोन बिक्री २३ प्रतिशतले बढेर ८५.३ बिलियन डलर पुगेको छ । वर्तमान समयमा विश्वभर एप्पलका २५० करोड भन्दा बढी सक्रिय डिभाइस रहेका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २.८४ डलर रहेको छ । पछिल्लो समय चिनियाँ बजारमा आईफोनको उपस्थितीलाई लिएर विभन्नि खाले चिन्ता व्यक्त भईरहेका थिए । तरु ती सबै चिन्ता र भ्रमलाई चिर्दै कम्पनीले चिनियाँ बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै गएको संकेत दिएको छ । चिनियाँ बजारमा एप्पलको आम्दानी ३८ प्रतिशतले बढेको छ ।

एप्पलका सीईओ टिम कुकले यो त्रैमास चिनियाँ बजारमा कम्पनीका लागि हालसम्मकै उत्कृष्ठ रहेको बताए । उनले यो त्रैमासमा आईफोन चिनमा बिक्री हुने शीर्ष तीन स्मार्टफोन ब्राण्डको सूचीमा पर्न सफल भएको समेत बताए ।

CG Motors
Garima Development Bank
IME remit

रेकर्डतोड आम्दानी भएपनि कम्पनीका अघि केही चुनौतिहरु भने यथातव छन् । ३–नानोमिटर चिप प्रोडक्सनको कमीका कारण कम्पनीलाई माग पुरा गर्न कठिनाईको सामना गर्नु परिरहेको छ । 

सीईओ कुलले यतिबेला कम्पनी सप्लाई चेज मोडमा रहेको बताएका छन् । अर्थात आपूर्तिका तुलनामा माग बढी रहेको छ । यसका साथै मेमोरी चिप्सको बढ्दो मूल्यका कारण आगामाी त्रैमासहरुमा कम्पनीको मुनाफामा कमी आउन सक्ने सम्भावना समेत देखिएको छ ।   

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.