शुक्रबार, फाल्गुन १५,२०८२ 01:21:02
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 01:21:02
Bizshala
Global IME Bank Limited

जगदम्बा मोटर्सद्वारा ‘TVS संग सुनको सगुन’ विशेष अफर सार्वजनिक

जगदम्बा मोटर्सद्वारा ‘TVS संग सुनको सगुन’ विशेष अफर सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपालमा TVS मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपको सहायक कम्पनीले आफ्नो नयाँ राष्ट्रव्यापी ग्राहक योजना ‘TVS संग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ। यो अफर विश्व बजारमा बढ्दो सुनको मूल्यलाई बिहे तथा चाडपर्वको भावनात्मक मौसमसँग जोड्दै, ग्राहकलाई मूल्य र भरोसाको अनुभूति गराउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ ।  

यस विशेष अफरको मूल भावना ग्राहकको जीवनका महत्वपूर्ण क्षणहरू—नयाँ परिवार, नयाँघर, र नयाँ यात्रासँग TVS लाई विश्वासयोग्य साझेदारको रूपमा प्रस्तुत गर्नु हो। सुनको दीर्घकालीन मूल्य र TVS सवारी साधनको विश्वसनीयता जोडेर, जगदम्बा मोटर्सले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टिलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको कम्पनीको भनाई छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अफर विशेषता:

अफर अवधिमा TVS बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, फाइनान्स वा एक्सचेन्ज—सबै खरिद माध्यममा निम्न लाभ लिन सक्नेछन्:

  • दैनिक सुनको सिक्का — प्रत्येक दिन सुनको सिक्का जित्ने अवसर
  • १ लाख रुपैयाँसम्मको क्यास छुट — खरिदलाई अझ सहज र आकर्षक बनाउने विशेष छुट
  • सबै मोडलमा एक्सचेन्ज सुविधा — जुनसुकै मोडल साटेर नयाँ TVS सवारी लिन सकिने
  • सजिलो फाइनान्स सुविधा — नागरिकता वा ड्राइभिङ लाइसेन्समार्फत फाइनान्स उपलब्ध
  • सबै TVS मोडलमा लाइफटाइम वारेन्टी
IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अफर अवधि

‘TVS संगसुनको सगुन’ विशेष अफर ४५ दिनसम्म, १८ माघदेखि ३ चैत्रसम्म, नेपालभरका सबै आधिकारिक TVS शोरुमहरूमा लागू हुनेछ।

जगदम्बा मोटर्सका मोटर्सका उपाध्यक्ष दीपक रौनियार अफरबारे प्रतिक्रिया दिँदै भने, ‘यो विशेष अफर नयाँ सुरुवातको उत्सव हो। हामी ग्राहकलाई केवल सवारी मात्र होइन, दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिन चाहन्छौं।’

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.