आईतवार, असार १४,२०८३ 02:14:18
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:14:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवाको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड, १.९ गुणा बढी आवेदन

Laxmi Sunrise Bank Limited
कामना सेवाको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड, १.९ गुणा बढी आवेदन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को बाँडफाँड माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौको प्राङ्गणमा सम्पन्न भएको छ ।

New Office
CG Motors
Garima Development Bank

रु.३५ करोड रकमबराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रुपमा १.९ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ । जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरुको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्वित गरेको बैंकले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि माघ १२ गतेदेखि १५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर विभिन्न संघ संस्थाहरु मार्फत उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । 

अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.