आईतवार, कार्तिक १,२०८३ 10:00:41
  • आईतवार, कार्तिक १,२०८३ 10:00:41
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तको वित्तीय अवस्थामा उल्लेख्य सुधार, इपीएस नै ६३.९९ रुपैयाँ पुग्दा लाभांश क्षमता ५८.७६%

Bizshala
नेष्डो समृद्ध लघुवित्तको वित्तीय अवस्थामा उल्लेख्य सुधार, इपीएस नै ६३.९९ रुपैयाँ पुग्दा लाभांश क्षमता ५८.७६%
New Office

काठमाण्डौ । नेष्डो समृद्ध लघुुवित्त वित्तीय संस्थाको वित्तीय अवस्थामा सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा संस्था ९ करोड ३२ लाख १६ हजार नाफा कमाउन सफल भएको छ ।

गत आवको सोही अवधिसम्म भने लघुवित्तले १३ करोड ५१ लाख ८७ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । संस्थाको खुद ब्याज आम्दानीमा देखिएको सुधारसँगै नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई ल्याएको कर्जा पुनर्संरचनाको व्यवस्थाले गर्दा यो संस्थाको वित्तीय अवस्था नै उल्लेख्य सुधारिएको छ ।

संस्थाले दोस्रो त्रैमाससम्म १४ करोड ७१ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ८।४३ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म संस्थाले १३ करोड ५७ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

साथै सो अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज ह्वात्तै घटेका कारण पनि नाफा बृद्धिमा टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्म २७ करोड ७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज तिरेको यो संस्थाले चालु आवको यस अवधिसम्म आइपुग्दा ९०.४३ प्रतिशत घटाएर २ करोड ५९ लाख रुपैयाँ कायम गरेको छ ।

यता संस्थाको खराब कर्जा अनुपात (एनपीएल)भने सामान्य बढेको छ । गत आवको दोस्रो त्रैमाससम्म २०.९५ प्रतिशत रहेको एनपीएल यस अवधिसम्म बढेर २१.६० प्रतिशत पुगेको छ । साथै पूँजीकोष अनुपात १२.३१ प्रतिशतबाट बढेर १३.५० प्रतिशत, कस्ट अफ फण्ड ९.४८ प्रतिशत, सिडि रेसियो १६४.२२ प्रतिशत, बेस रेट १६.७१ प्रतिशत र स्प्रेड दर ४.५५ प्रतिशत पुगेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाले सो अवधिसम्म २ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब १ करोड ८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यस्तै, गत आवको दोस्रो त्रैमाससम्म १०६.०३ रुपैयाँ ऋणात्मक अवस्थामा रहेको प्रतिसेयर आम्दानी ९इपीएस० चालु आवको दोस्रो त्रैमाससम्म धनात्मक भई ६३.९९ रुपैयाँ पुगेको छ ।

यसका साथै मूल्य आम्दानी अनुपात २३.५५ गुणा, प्रतिसेयर नेटवर्थ २०४.९८ रुपैयाँ, तरलता अनुपात २२.७९ प्रतिशत रहेको छ ।

संस्थाले सो अवधिसम्म १७ करोड ११ लाख ९९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । यसर्थ सो अवधिसम्म संस्थाको लाभांश क्षमता ५८.७६ प्रतिशत रहेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.