काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड २५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी ८० लाख ११ हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीले १ लाख ४७ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कर्मचारी खर्च १ करोड २६ लाख रुपैयाँ र प्रशासनिक तथा सामान्य खर्च ७८ लाख ८४ हजार रुपैयाँ रहेको कम्पनीको कुल खर्च ६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले गरेको कुल खर्च अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले ८० लाख ११ हजार रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।
यो अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङको आकार ३५ करोड ८१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ५७ करोड ९१ लाख र कुल चालु दायित्व १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३.४९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७९.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०८.३० गुणा ऋणात्मक अवस्थामा छ ।

