काठमाण्डौ । हिमस्टार उर्जा कम्पनीले चालु आव २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । जसअनुसार कम्पनीले यो अवधिमा १ करोड ८ लाख खुद घाटा व्यहोरेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले जम्मा ५ हजार ७५९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ५७ लाख कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा २१.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ६७ लाख रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ५ लाख ३७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । यस्तै कम्पनीले २७ हजार रुपैयाँ वित्त आम्दानी समेत गरेको छ । ३७ करोड ३० लाख रुपैयाँ चुक्तापूँजी भएको यो कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ६ लाख र कुल चालु दायित्व १६ करोड ८१ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वार्षिकीकरण गरिएको ११.६८ रुपैयाँले ऋणात्मक रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९५.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९५.३१ रुपैयाँ र तरलता अनुपात ०.८४ प्रतिशत कायम भएको छ ।

