बुधबार, श्रावण ६,२०८३ 02:38:32
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:38:32
Bizshala
Global IME Bank Limited

एनसीएचएलका सीईओ ‘Manager of the Year 2025’ अवार्ड बाट सम्मानित

एनसीएचएलका सीईओ ‘Manager of the Year 2025’ अवार्ड बाट सम्मानित
New Office

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघद्वारा आयोजित ४५औँ नेशनल म्यानेजमेन्ट कन्भेन्सन २०२६ मा Manager of the Year 2025 अवार्डबाट सम्मानित गरिएको छ ।

प्रधानले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा पुर्याउँदै आएको योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको NCHL-ECC, NCHL-IPS, RPS, NPS, connectIPS, CORPORATEPAY, NEPALPAY QR, NEPALPAY Card, EFT Switch, NPI / NPIx  लगायतका १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधारहरुले डिजिटल अर्थतन्त्रमा पारेको प्रभाव को सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको  हो ।

सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ्गबाट सुरु गरी एनसीएचएललाई आजको दिनमा आइपुग्दा नेपालको भुक्तानी पूर्वाधारको मेरुडण्डको रुपमा स्थापित गर्न सफल भएको छ ।

नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष प्रदान गर्ने गरेको म्यानेजर अफ द इयर अवार्ड व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तित्वहरु मध्येबाट छनोट गरी सम्मानित गर्न प्रदान गरिँदै आएको छ । सोहि कार्यक्रममा नेपालमा आफ्नो विशेष योगदान पुर्याएका डा. युवराज खतिवडालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.