बुधबार, असार १०,२०८३ 04:50:39
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:50:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालिञ्चोक हाईड्रोपावरले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
कालिञ्चोक हाईड्रोपावरले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडलेले आगामी फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।  

कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँबराबरको रु। १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको कुल जारी पूँजी रु. ५५ करोडको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता साधारण सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँको रु. १०० अंकित दरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, विगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुको लागि र बाँकी ८ लाख २५ हजार कित्ता मध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात ८२ हजार ५०० कित्ता साधारण सेयर निष्कmासन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ४ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले नेपाल बैंकको सिंटगी शाखा, सिन्धु विकास बैंकको सिंगटी शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिंगटी शाखा र विगु गापामा रहेको कालिञ्चोकको कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.