मंगलवार, श्रावण १९,२०८३ 09:32:16
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:32:16
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनको प्रभावले लघुवित्तहरुको खराब कर्जा बढ्दै, नाफामा भने देखियो सुधार

इपीएस र लाभांश क्षमतामा कुन कति अब्बल ?

जेनजी आन्दोलनको प्रभावले लघुवित्तहरुको खराब कर्जा बढ्दै, नाफामा भने देखियो सुधार
New Office

काठमाण्डौ । लघुवित्त संस्थाहरुको खुद मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरुले ४ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७७.७१ प्रतिशत बढी हो । ७७.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लुघवित्त संस्थाहरुले २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सहुलियतसँगै लघुवित्त संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा वृद्धिले संस्थाहरुको नाफा बढ्न टेवा पुगेको हो ।  

यसअघि लघुवित्त संस्थाले ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकको खुकुलो नीतिबमोजिम धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख रुपैयाँ पुगेको छ । यसकारण पनि संस्थाहरुको खुद ब्याज आम्दानीमा सुधार देखिएर नाफा वृद्धि भएको हो ।  

राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले एनआरएफएस बमोजिम विवरण बनाउँदा उठ्न बाँकी रहेको ब्याजलाई समेत देखाउन मिल्ने भएकाले ब्याज आम्दानी र नाफामा सुधार देखिएको हो ।

सो अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउने संस्थामा छिमेक लघुवित्त रहेको छ । यो लघुवित्तले सो अवधिसम्म ५७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ११२.५५ प्रतिशत बढी हो ।  

दोस्रो त्रैमाससम्म आइपुग्दा चार संस्था मात्रै घाटामा देखिएका छन् । गत आवको सोही अवधिसम्म भने ७ संस्था घाटामा रहेका थिए । नाफामा उक्लिएका अधिकांशको मुनाफा गत आवको सोही अवधिसम्मको तुलनामा उल्लेख्य बढेको छ ।  

एनपीएलमा देखिएन सुधार  

दोस्रो त्रैमाससम्ममा लघुवित्त संस्थाहरुको खराब कर्जा अनुपात (एनपीएल)मा वृद्धिदर देखिएको छ ।  

नेपाल राष्ट्र बैंकले संस्थाहरुको लागि कर्जा पुनर्संरचनाको व्यवस्था गरिदिएपनि एनपीएल घट्नुपर्ने अवस्थामा संस्थाहरुको यस्तो अवस्था झनै बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।  

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले विभिन्न ठूला उद्योग व्यवसायदेखि साना र मझौला उद्योग व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको हुँदा बैंक वित्तीय संस्थाको कर्जा असुलीमा असर पुगेको हो । जसकारण वित्तीय संस्थाहरुको ऋण असुली प्रभाव बन्दा एनपीएलको अवस्था बढ्दै गएको बुझ्न सकिन्छ ।  

सो अवधिसम्म ४ वटा संस्थाले मात्रै एनपीएल घटाएका छन् भने बाँकी सबैको ह्वात्तै बढेको देखिएको छ ।  

दोस्रो त्रैमाससम्म १२ संस्थाको एनपीएल मात्रै ५ प्रतिशतभन्दा कम छ भने ३८ संस्थाको एनपीएल ५ प्रतिशत वा सो भन्दा बढी रहेको छ ।  

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात ५ प्रतिशत वा सो भन्दा बढी भएमा ती संस्थाहरुको वित्तीय अवस्थामा असर पर्न जान्छ । यदि वित्तीय संस्थाहरुको यस्तो अवस्था सो प्रतिशतभन्दा बढी भएमा क्यापिटल एडुकेसी रेसियोमा दबाब पर्छ र लाभांश वितरणमा समेत राष्ट्र बैंककले कडाई गर्ने गर्दछ ।  

सो अवधिसम्म सबैभन्दा कम एनपीएल छिमेक लघुवित्तको २.४५ प्रतिशत रहेको छ । संस्थाको एनपीएल गत आवको सोही अवधिसम्मको तुलनामा ०.२७ अंकले घटेको छ ।  

त्यस्तै, सबैभन्दा धेरै एनपीएल नेरुडे मिर्मिरे लघुवित्तको २५.७५ प्रतिशत रहेको छ । संस्थाको एनपीएल १७.२८ अंकले वृद्धि भएको छ ।

इपीएस कुनको कति ?  

लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएसँगै यता प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

सो अवधिसम्म सबैभन्दा धेरै इपीएस नेष्डो समृद्ध लघुवित्तको रहेको छ । यो संस्थाको इपीएस ६३.९९ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्म संस्थाको इपीएस १०६.०३ रुपैयाँ ऋणात्मक रहेको थियो ।  

दोस्रो त्रैमाससम्म ४ वटा संस्थाको इपीएस ऋणात्मक रहेको छ भने ४६ संस्थाको धनात्मक रहेको छ ।  

लाभांश क्षमतामा कुन कति अब्बल ?  

लघुवित्त संस्थाहरुले एनआरएफएस प्रणाली बमोजिम वित्तीय विवरण प्रकाशित गर्दा मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफा छुट्याई लाभांश क्षमता देखाएका हुन्छन् ।  

आर्थिक वर्ष सकिएपछि लाभांश दिने भएपनि प्रत्येक त्रैमासको नाफाको केही प्रतिशत रकम गणना गरी लघुवित्तहरुको लाभांश क्षमता मापन हुने गर्दछ ।  

तर नेपाल राष्ट्र बैंकले संस्थाहरुको खराब कर्जा अनुपात र पूँजीकोष अनुपातको आधारमा लाभांश दिने सक्ने व्यवस्था गरिदिएको छ । जसमा संस्थाहरुले यस्तो अुनपात कायम गरेको खण्डमा बढीमा २५ प्रतिशतसम्म लाभांश दिन पाउनेछन् ।  

सो अवधिसम्म सबैभन्दा बढी लाभांश क्षमता जीवन विकास लघुवित्तको ७१.८६ प्रतिशत रहेको छ । यदि यो संस्थाले यहि अवस्था कायम गरी अन्तिमसम्म लैजाने हो भने २५ प्रतिशतसम्म लाभांश दिन सक्नेछ ।  

त्यस्तै, नेष्डो समृद्ध लघुवित्तले ५८.७६ प्रतिशत, स्वाभिमान लघुवित्तले ४८.५८ प्रतिशत, डिप्रोक्सले ४५.७० प्रतिशत, स्वरोजगारले ३४.८२ प्रतिशत, सर्पोटले ३३.९६ प्रतिशत, साना किसान विकासले २९.७९ प्रतिशत, युनिक नेपाल लघुवित्तले २८.०९ प्रतिशत र नेशनल लघुवित्तले २०.७१ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.