मंगलवार, असार ९,२०८३ 01:08:49
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:08:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

Laxmi Sunrise Bank Limited
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आजदेखि औपचारिक प्रचार–प्रसारको अवधि सुरु भएको छ। कानुनी प्रावधानअनुसार मतदान मितिभन्दा १५ दिनअगाडिबाट मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने व्यवस्था रहेको छ । यो अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ।

निर्वाचन आयोगले प्रचार–प्रसारलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ। आयोगका अनुसार निर्वाचनको विश्वसनीयता जोगाउन सबै सरोकारवालाले नियमको अक्षरशः पालना गर्नुपर्नेछ।

New Office
CG Motors
Garima Development Bank

आयोगले मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ। निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले संगठित रूपमा गरिने डिजिटल गतिविधिमाथि निगरानी संयन्त्र परिचालन गरिएको आयोगले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रचारका क्रममा आयोजना गरिने आमसभा वा कोणसभाको मञ्च व्यवस्थापनलगायत सम्पूर्ण खर्चको विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। यसले चुनावी खर्च पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.