बुधबार, असार १०,२०८३ 07:50:21
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:50:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दाङमा रास्वपाका कार्यकर्ताले झण्डा जलाएको घटनाप्रति एमालेको गम्भीर आपत्ति

Laxmi Sunrise Bank Limited
दाङमा रास्वपाका कार्यकर्ताले झण्डा जलाएको घटनाप्रति एमालेको गम्भीर आपत्ति

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दाङको तुलसीपुर बजार क्षेत्रमा फागुन ८ गते राति भएको झण्डा जलाउने तथा नाराबाजीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनालाई अराजक, उत्तेजनापूर्ण तथा असभ्य गतिविधि भन्दै कडा शब्दमा निन्दा गरेको छ।

एमालेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध व्यक्तिहरूद्वारा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अशोभनीय नाराबाजी गरिएको र पार्टीको झण्डा जलाइएको जनाइएको छ। विज्ञप्तिमा यस्तो कार्य लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक शिष्टाचार तथा विधिको शासनमाथि खुला प्रहार भएको उल्लेख गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

पार्टीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई अराजकता र विद्वेषपूर्ण व्यवहारको औजार बनाउन नहुने स्पष्ट पारेको छ। राजनीतिक असहमति विचार, बहस र जनमतमार्फत व्यक्त गरिनुपर्नेमा हिंसात्मक तथा उत्तेजक गतिविधि स्वीकार्य नहुने एमालेको धारणा छ।

एमालेले आफूलाई जनताको संघर्ष, विश्वास र योगदानबाट स्थापित पार्टी भएको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायको पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको दाबी गरेको छ। यस्ता गतिविधिले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकको भावनामाथि प्रहार गरेको बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिको रूपमा प्रस्तुत हुन आग्रह गर्दै उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी नगर्न चेतावनी दिइएको छ। लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुने एमालेको भनाइ छ।

साथै, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, एकता तथा शान्ति–सुरक्षामा खलल पुग्ने गतिविधिप्रति निगरानी बढाउन र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ। यस्ता घटनाबाट समाजमा हिंसा, विध्वंस र कानुन उल्लङ्घनका घटना बढ्न सक्ने भन्दै एमालेले सम्बन्धित पक्ष र सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.