मंगलवार, श्रावण ५,२०८३ 09:57:42
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:57:42
Bizshala
Global IME Bank Limited

सिप्रदी ट्रेडिङद्वारा टाटा कमर्सियल गाडीका लागि होली सर्भिस क्याम्प सञ्चालन

सिप्रदी ट्रेडिङद्वारा टाटा कमर्सियल गाडीका लागि होली सर्भिस क्याम्प सञ्चालन
New Office

काठमाण्डौ । रंगहरुको पर्व होली नजिकिँदै जाँदा सवारी साधनको प्रयोग उल्लेखनीय रूपमा बढ्ने भएकाले सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीका ग्राहकहरूका लागि विशेष ‘होली सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ।

कम्पनीका अनुसार फागुन १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प देशभर रहेका सिप्रदीका २० वटा सर्भिस सेन्टरहरूमा एकैसाथ आयोजना गरिनेछ। चाडपर्वको समयमा गाडीको अवस्था उत्कृष्ट राखी सुरक्षित तथा निर्बाध व्यवसाय सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।

क्याम्पअन्तर्गत सहभागी गाडीहरूको १० प्रमुख बुँदामा विस्तृत प्राविधिक परीक्षण गरिनेछ। जसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्युब्रिकेशन, टायररव्हील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ तथा सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक र इमरजेन्सी तथा अन्य सुरक्षा जाँच समावेश छन्। यसबाट सवारी साधनको समग्र अवस्था मूल्याङ्कन गरी आवश्यक मर्मत तथा सर्भिससम्बन्धी सुझाव प्रदान गरिने कम्पनीले जनाएको छ।

क्याम्प अवधिभर टाटा जेन्युइन पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट तथा लेबर चार्जमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। साथै, सर्भिस प्याकेजमा दर्ता गर्ने ग्राहकहरूले सोही सुविधा एक वर्षसम्म उपभोग गर्न सक्नेछन्।

यस्तै, प्रि–सर्भिस बुकिङ गरी वर्कशपमा आउने तीन जना भाग्यशाली ग्राहकलाई स्मार्ट फोन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

क्याम्प अवधिमा २ हजार भन्दा बढी टाटा कमर्सियल गाडीहरूको जाँच गर्ने लक्ष्य राखिएको कम्पनीले सुरक्षित यात्रा तथा सफल व्यवसाय सञ्चालनका लागि सबै ग्राहकहरूलाई क्याम्पमा सहभागी हुन आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.