आईतवार, असार १४,२०८३ 06:42:36
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:42:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानीकर्ताको हित सुनिश्चित गर्न ‘धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका २०८२’ तयार : पन्दाक

Laxmi Sunrise Bank Limited
लगानीकर्ताको हित सुनिश्चित गर्न ‘धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका २०८२’ तयार : पन्दाक

काठमाडौं – सिडीएस एण्ड क्लियरिङकी प्रबन्ध निर्देशक पवन पन्दाकले लगानीकर्ताको हित सुनिश्चित गर्न ‘धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका २०८२’ तयार पारिएको बताएकी छन् । ‘धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका २०८२’ को जानकारी सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उक्त कार्यक्रम आज  हिमालयन होटल, कुपण्डोल, ललितपुरमा आयोजना भएको थियो।

कार्यक्रममा  निर्देशिका तयार पार्न व्यक्तिगत रूपमा धेरै कठिनाइको सामना गर्नु परेको उनले बताइन्। उनले सेबोनको अध्यक्षसँग सहकार्य गरेर यो निर्देशिका तयार गरिएको जानकारी दिइन्।

पन्दाकले बताएअनुसार, निर्देशिकाले लगानीकर्ताको हित सुनिश्चित गर्ने उद्देश्य राखेको छ। उनले भनिन्, ‘यो निर्देशिका लागू भएमा लगानीकर्ताको अधिकार र हित सुरक्षित हुनेछ। यो लडाई व्यक्तिगत होइन, सम्पूर्ण लगानीकर्ताको लागि हो।’

New Office
CG Motors
Garima Development Bank

निर्देशिकामा संस्थापक र सर्वसाधारण सेयरको लक इन अवधि फरक राखिएको छ र दुई प्रकारका आइजिन (एकल र दोहोरो) सम्बन्धी प्रावधान समावेश गरिएको छ। पन्दाकले दोहोरो आइजिनलाई सिङ्गल बनाउने प्रयास भइरहेको र यसलाई रोक्न निर्देशिकाले मार्गनिर्देशन प्रदान गरेको बताइन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले पूँजीबजारमा रहेका विकृती र अपारदर्शितालाई रोक्न यो निर्देशिका ल्याइएको स्पष्ट पार्दै भनिन् ‘आईपीओ प्रक्रियामा सर्वसाधारण सेयरको मूल्य बढी देखाउने र संस्थापक सेयर कम देखाउने चलखेल प्रचलित थियो। यसले पूँजीबजारमा असमानता र वेतिथी सिर्जना गरेको थियो। यसलाई रोक्न यो निर्देशिका अत्यन्त महत्वपूर्ण छ।’

पन्दाकले यो निर्देशिका नेपालको पूँजीबजारका लागि महत्वपूर्ण दस्तावेज भएको पनि उल्लेख गर्दै निर्देशिकाको पूर्ण कार्यान्वयनमार्फत लगानीकर्ताको हित सुनिश्चित हुने बताइन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.