मंगलवार, श्रावण ५,२०८३ 10:31:34
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:31:34
Bizshala
Global IME Bank Limited

निर्वाचनको दिन अधिकांश ठाउँमा मौसम अनुकूल, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना

निर्वाचनको दिन अधिकांश ठाउँमा मौसम अनुकूल, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना
New Office

काठमाण्डौ । भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दिन देशका अधिकांश स्थानमा मौसम सामान्यतया अनुकूल रहने मौसमविद्हरूले बताएका छन्। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको ‘इलेक्शन स्पेशल वेदर बुलेटिन–२’ अनुसार निर्वाचनको दिन देशका तराई क्षेत्रहरूमा मुख्यतया सफा मौसम रहनेछ भने केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिन सक्छ।

मौसम महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। तर यी प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ, जसले मतदान कार्यमा विशेष अवरोध नपर्ने संकेत गरेको छ।

मधेश प्रदेशमा भने दिनभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यसले प्रदेशका सबै जिल्लामा मतदान कार्य सहज हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा पनि मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। यी प्रदेशका हिमाली, पहाडी र तराई सबै भूभागमा मौसम सामान्यतया खुला रहने भएकाले मतदान प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

मौसम महाशाखाले हालसम्मको मौसम मोडेल विश्लेषणका आधारमा यो पूर्वानुमान गरिएको जनाउँदै स्थानीय अवस्था अनुसार केही स्थानमा सामान्य बदली देखिन सक्ने भए पनि देशभर व्यापक वर्षा वा प्रतिकूल मौसमको सम्भावना भने नरहेको जनाएको छ।

विभागले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदातालाई स्थानीय मौसम अवस्थाबारे अद्यावधिक जानकारी लिन समेत आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.