बुधबार, बैशाख १६,२०८३ 06:34:06
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 06:34:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रारम्भिक रुझानमा रास्वपाको दबदबा: २९ मध्ये २६ क्षेत्रमा अग्रता, कुन क्षेत्रमा कसको मत कति ?

Bizshala
प्रारम्भिक रुझानमा रास्वपाको दबदबा: २९ मध्ये २६ क्षेत्रमा अग्रता, कुन क्षेत्रमा कसको मत कति ?
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको मतगणनाबाट आएका प्रारम्भिक नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेख्य अग्रता देखाएका छन्।

देशभरका २९ निर्वाचन क्षेत्रबाट सार्वजनिक प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाले २६ क्षेत्रमा अग्रता बनाएको छ। सुरुवाती रुझानमै रास्वपाले अधिकांश क्षेत्रमा स्पष्ट अग्रता लिँदै अन्य प्रमुख दलहरूलाई पछि पारेको देखिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, नेकपा एमालेले दुई निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एउटा क्षेत्रमा मात्रै अग्रता कायम राखेको छ।

मतगणना अझै प्रारम्भिक चरणमै रहेकाले आगामी परिणामसँगै राजनीतिक समीकरणमा थप परिवर्तन आउने सम्भावना रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्। धेरै क्षेत्रमा मतान्तर बढ्ने वा घट्ने क्रम जारी रहने भएकाले अन्तिम नतिजा आउन अझै केही समय लाग्ने जनाइएको छ।

काठमाडौं क्षेत्र नम्बर ५ को पनि ताजा मतपरिणाम सार्वजनिक भएको छ। हालसम्मको मतगणना अनुसार रास्वपाले ३७०० मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएको छ।

यो क्षेत्रमा नेपाली कांग्रेसले १०७८ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ६९९ मत पाएको छ।

CG Motors
Garima Development Bank
IME remit

चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन्। शुक्रबार बिहान ४ः४५ बजेसम्मको मतपरिणाम अनुसार उनले ९२५ मत प्राप्त गरेकी छन्। उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६७९ मतका साथ पछ्याइरहेकी छन् भने नेकपा एमालेका शंकरराज थपलिया २०२ मतसहित तेस्रो स्थानमा छन्।

त्यसैगरी चितवन क्षेत्र नम्बर २ मा भने एमालेले अग्रता कायम राखेको छ। इच्छाकामना गाउँपालिकाका तीन वटा वडाको मतगणना सकिँदा एमालेका अस्मिन घिमिरेले ७९५ मत प्राप्त गरेका छन्। उनलाई रास्वपाका सभापति रवि लामिछानेले ५३१ मतका साथ पछ्याइरहेका छन्। यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका प्रताप गुरुङ २९५ मतसहित तेस्रो र नेपाली कांग्रेसकी मिना खरेल २५६ मतसहित चौथो स्थानमा छन्।

काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले मतान्तर बढाउँदै लगेकी छन्। हालसम्म ५६९७ मत गणना हुँदा उनले २६१४ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका प्रबल थापा १४१३ मतसहित दोस्रो स्थानमा छन् भने राप्रपाका रविन्द्र मिश्रले ७१२ मत र एमालेका मोहनराज रेग्मीले २३६ मत पाएका छन्। यो क्षेत्र यसअघि लगातार चार पटक नेपाली कांग्रेसले जित्दै आएको थियो।

काठमाडौं क्षेत्र नम्बर ३ मा पनि रोचक प्रतिस्पर्धा देखिएको छ। यसअघि अग्रता बनाइरहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ पछाडि परेका छन्। बिहान ५ बजेसम्मको मतगणना अनुसार रास्वपाका राजु पाण्डेले २९६० मतसहित अग्रता लिएका छन् भने घिसिङले २७०६ मत पाएका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ र एमालेका रामेश्वर फुयाँलले ४५६ मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेललाई सुरुवातमै ठूलो अन्तरले पछि पारेका छन्। हालसम्मको गणनामा खरेलले ४०७४ मत प्राप्त गरेका छन् भने पौडेलले ८४५ मत पाएका छन्। नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ५०४ मतसहित तेस्रो स्थानमा छन्।

कास्की क्षेत्र नम्बर ३ मा पनि रास्वपाकी उम्मेदवार बिना गुरुङ अग्रस्थानमा देखिएकी छन्। बिहान ४ बजेसम्मको मतगणना अनुसार उनले ४८२ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका मनोज गुरुङले २८० मत पाएका छन्। एमालेका दामोदर पौडेल ‘बैरागी’ ११९ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै कास्की क्षेत्र नम्बर १ मा रास्वपाका खड्कराज पौडेल (गनेश पौडेल) अग्रस्थानमा छन्। बिहान ४ बजेसम्मको अपडेट अनुसार उनले ८६६ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ४७५ मतसहित पछ्याइरहेका छन् भने एमालेका बैनबहादुर क्षेत्री (अधिकारी)ले ३०७ मत प्राप्त गरेका छन्।

उता सुदूरपश्चिम प्रदेशमा पनि मतगणना क्रमशः अगाडि बढिरहेको छ। प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये हाल चार क्षेत्रमा मतगणना भइरहेको छ। कैलाली क्षेत्र नम्बर १ र कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। कैलाली–१ र कञ्चनपुर–१ मा शुक्रबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले परिणाम थप स्पष्ट हुन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X