ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबराले अग्रता कायम गरेका छन्।
सुरुवाती नतिजाअनुसार जबराले ५२२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मतका साथ पछ्याइरहेका छन्।
यस क्षेत्रमा अन्य स्थानहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अपेक्षाकृत कमजोर देखिएको छ। रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनले हालसम्म १२२ मत मात्र प्राप्त गरेका छन्।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सुनिल महर्जन र उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले समान २३/२३ मत प्राप्त गरेका छन्।

