बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता बनाएको छ।
तिलोत्तमा नगरपालिका–१३ र ओमसतिया गाउँपालिका–२ को गरी ४ हजार ६० मतमध्ये हालसम्म २ हजार १६७ मत गणना हुँदा रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले १ हजार ३७७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
नेपाली कांग्रेसका सुशिल गुरुङले २४९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले २४८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका बासुदेव घिमिरेले १९२ मत ल्याएका छन्।
यसैगरी, नेकपाका फैज अहमद खानले ४५ मत र राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख ४० हजार ३५ मतदाता रहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।