भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मतगणनाको पछिल्लो परिणाममा अग्रता लिएका छन्।
सुरुवाती गणनामा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेभन्दा पछि परेका लामिछानेले पछिल्लो मतगणनामा उनलाई उछिन्दै अगाडि बढेका हुन्।
हालसम्मको नतिजाअनुसार लामिछानेले १ हजार १५८ मत प्राप्त गरेका छन् भने एमालेका घिमिरेले ९०८ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ५३९ मत प्राप्त गरेकी छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।