सोमबार, असार १६,२०८२ 09:08:22
  • सोमबार, असार १६,२०८२ 09:08:22
Global IME Bank Limited

यी हुन आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर ,कसको खरिदबिक्री कति ?

Hyundai Nepal
यी हुन आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर ,कसको खरिदबिक्री कति ?
Nabil Bank Limited

काठमाण्डौं । आज साताको अन्तिम कारोबारमा बजार घट्दा पनि शीर्ष १० वटा कम्पनीहरुमा ७ वटा ब्रोकरले खरिद बढाएका छन् । पहिलो नम्बरमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ को खरिदको तुलनामा बिक्री बढेको छ । यो ब्रोकरले आज १४ करोड ६४ लाखबराबरको सेयर खरिद गरेको छ भने १७  करोड ७३ लाखबराबरको बिक्री गरेको छ ।  

त्यसैगरि आज  सर्वाधिक  खरिद गर्नेमा इम्पिेरियल सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४५) दोस्रो स्थानमा छ । यो ब्रोकरले १६  करोड ५८ लाख बराबरको खरिद गर्दा १५ करोड ६२ लाखबराबरको बिक्री गरेको छ ।  

त्यसै गरि भिजन सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३४)ले पनि बिक्री भन्दा खरिद बढी गरेको छ । यो ब्रोकरको १४ करोड २४ लाखबराबरको खरिद र १० करोड ७७ लाखबराबरको बिक्री गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

चौथोमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) को खरिद तर्फ ११ करोड रुपैयाँ रहेको छ भने बिक्री तर्फ ९ करोड ६९ लाख रुपैयाँ रहेको छ । पाँचौमा रहेको अनलाईन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९ )को खरिद भन्दा बिक्री बढी रहेको छ । यो ब्रोकरको खरिदतर्फ ९ करोड २२ लाख रुपैयाँ रहेको छ भने बिक्रीतर्फ ९ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

छैठौंमा क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२) को खरिद बढी रहेको छ । यसको खरिद तर्फ ९ करोड ७५ लाख रुपैयाँ रहेको छ भने विक्री तर्फ ९ करोड रुपैयाँ  रहेकोछ । सातौंमा लिञ्च सेक्युरिटिज स्टक मार्केट(स्टक  ब्रोकर नम्बर ४१) को खरिद बढी रहेको छ । यो ब्रोकरको खरिद तर्फ १२ करोड ११ लाख  रुपैयाँ रहेको छ भने विक्री तर्फ ५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।  

आठौमा आर्यतार इन्भेष्टमेन्ट सेक्युरिटिज(स्टक ब्रोकर ५७)को पनि खरिद बढी रहेको छ । यो ब्रोकरको खरिद तर्फ ८ करोड ३९ लाख रुपैयाँ रहेको छ भने बिक्री तर्फ ७ करोड ४९ लाख रुपैयाँ रहेको छ । नवौंमा रहेको दीप शिखा धितोपत्र कारोबर कम्पनीको पनि खरिद बढी रहेको छ । यो ब्रोकरबाट ७ करोड ९१ लाख खरिद रहेको छ भने बिक्री तर्फ ७  करोड ८७ लाख रुपैयाँ रहेको छ ।  

१० औं नम्बरमा डाइनामिक मनी म्यानेजर स्टक ब्रोकर नम्बर ४४ को भने बिक्री बढी रहेको छ । यो ब्रोकरको खरिद तर्फ ७ करोड १५ लाख रुपैयाँ रहेको छ भने बिक्री तर्फ ७ करोड ४६ लाख रुपैयाँ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.