सोमबार, श्रावण ४,२०८३ 10:36:04
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 10:36:04
Bizshala
Global IME Bank Limited

मुस्ताङबाट कांग्रेसको खाता खुल्यो, योगेश गौचन विजयी

मुस्ताङबाट कांग्रेसको खाता खुल्यो, योगेश गौचन विजयी
New Office

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट पहिलो जित हात पारेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै विजयी भएका हुन्।

गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १ हजार ८०६ मत पाएका छन्। यसरी गौचनले १ हजार ५०१ मतान्तरले विजय हासिल गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अद्वितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् भने अन्य दलका उम्मेदवार निकै कम मतमा सीमित भएका छन्।

गौचन यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका थिए। त्यसबेला उनले ३ हजार ९९६ मत प्राप्त गर्दा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका थिए।

मुस्ताङ कांग्रेसका सभापति रोमी गौचन थकालीका छोरा योगेश गौचन थासाङ गाउँपालिका–लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् र पर्यटन तथा होटल व्यवसायमा समेत संलग्न रहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.