काठमाण्डौ । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ ले स्पष्ट अग्रता कायम गरेकी छन्। हालसम्म गणना भएका मतमध्ये तामाङले ५ हजार ३०९ मत प्राप्त गरेकी छन्।
त्यसैगरी, प्रमुख प्रतिद्वन्द्वीहरूले पाएका मत यस प्रकार छन्
भूमि त्रिपाठी (नेकपा एमाले) – २,६२४ मत
कृष्ण आचार्य (नेपाली कांग्रेस) – १,४५३ मत
राजेन्द्र पाण्डे (नेकपा) – १,२६५ मत

