काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ को मतगणनाअनुसार हाल रास्वपा उम्मेदवार आषिश गजुरेल अग्रस्थानमा छन्। उनले हालसम्म गणना भएको मतमध्ये १ हजार २६८ मत पाएका छन्।
उनलाई काँग्रेसकी उम्मेदवार सुशिला थिङ ७९० मतसहित पछ्याइरहेकी छिन्। अर्का उम्मेदवारहरूमा नेकपाका लेखनाथ दाहाल (राजन)ले ६८२ मत, एमालेका मनोज जंग थापाले ५३५ मत र स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५६ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।