काठमाण्डौ । मोरङको क्षेत्र नम्बर २ मा जारी मतगणना क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला कार्यसमिति सदस्य दुर्गा रेग्मीको आकस्मिक निधन भएको छ। ५० वर्षीय रेग्मी मतगणनास्थलमै बेहोस भएका थिए र चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।
प्रहरीका अनुसार, रेग्मी सो क्षेत्रका उम्मेदवार कृष्णकुमार कार्कीका प्रतिनिधिको रूपमा बिहानैदेखि मतगणना प्रक्रियामा संलग्न थिए। प्रत्यक्षदर्शीका अनुसार उनी पार्टीले अग्रता कायम गरेको देखेर खुसी साटिरहेको बेला बेहोस भएका थिए।
ढलेपछि तत्काल रंगेली अस्पताल पुर्याइए पनि चिकित्सकले हृदयघातको कारण मृत घोषणा गरेका थिए। उनको शवलाई पोस्टमार्टमका लागि विराटनगर कोशी अस्पताल पठाइएको छ।

