काठमाण्डौ । पाँचथर जिल्लाको मतगणनाअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ब्राबिम शेर्मा अग्रस्थानमा रहेका छन्। मिक्लाजुङ गाउँपालिका–१, खान्द्रोङ केन्द्रमा हालसम्म खसेको ९८० मतमध्ये ब्राबिम शेर्माले ३०३ मत प्राप्त गरी शीर्ष स्थानमा रहेका छन्। दोस्रो स्थानमा कांग्रेसका नरेन्द्रकुमार केरुङ रहेका छन्, जसले १८५ मत प्राप्त गरेका छन्।
त्यसैगरी, एमालेका अइन्द्रसुन्दर नेम्वाङ १७५ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेकपाका हर्कबहादुर नेम्वाङले १४१ मत पाएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।