बुधबार, बैशाख १६,२०८३ 09:59:11
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 09:59:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

'रास्वपा आँधीहुरी'को प्रभाव : काठमाडौं–८ मा विजेताबाहेक सबै उम्मेदवारको जमानत जफत

Bizshala
'रास्वपा आँधीहुरी'को प्रभाव : काठमाडौं–८ मा विजेताबाहेक सबै उम्मेदवारको जमानत जफत
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्तै प्रभावशाली जित दर्ता गरेको छ। यस क्षेत्रमा रास्वपाका उम्मेदवारले भारी मत ल्याउँदै विजय हासिल गर्दा प्रतिस्पर्धामा उत्रिएका अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा २१ हजारभन्दा बढी मतान्तरले जित हात पारेका हुन्।

निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार कुनै पनि निर्वाचन क्षेत्रमा खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ। काठमाडौं–८ मा भने दोस्रो स्थानमा रहेका उम्मेदवारले समेत उक्त १० प्रतिशत मतको सीमा पार गर्न नसकेपछि प्रतिस्पर्धामा रहेका सबै २१ जना पराजित उम्मेदवारको जमानत जफत भएको हो।

मतपरिणामअनुसार रास्वपापछि दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका सुमन सायमीले ३ हजार २ सय १७ मत प्राप्त गरे। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन्।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी नेकपा (एमाले) का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाहीले समान १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाए।

ठूला र स्थापित दलका उम्मेदवारले समेत आवश्यक मतको सीमा पार गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको छ। अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूको मत भने झनै न्यून देखिएको छ, जसले काठमाडौं–८ मा रास्वपाको प्रभाव कति व्यापक रह्यो भन्ने स्पष्ट संकेत गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X