मंगलवार, असार १६,२०८३ 09:57:04
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:57:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बाराका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा अघि

Laxmi Sunrise Bank Limited
बाराका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा अघि

काठमाण्डौ । बाराका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले मतगणनाको प्रारम्भदेखि नै स्पष्ट अग्रता बनाएका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका गणेश धिमाल ११ हजार ४४ मतसहित अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शम्भुबहादुर बुढाथोकी मात्र २ हजार ७३२ मतमा सीमित छन् भने एमालेका अच्युत मैनाली ३ हजार ११५ मत पाएका छन्।

निर्वाचन क्षेत्र २ मा चन्दनकुमार सिंहले २ हजार ३६४ मतसहित अग्रता कायम राखेका छन्। उनका प्रतिस्पर्धी एमालेका बलबीर चौधरी ९१४ मत र जनता समाजवादी पार्टी (जसपा) का रामकिशोर यादव ८५० मत पाएका छन्।

New Office
CG Motors
Garima Development Bank

क्षेत्र नम्बर ३ मा रास्वपाका इन्जिनियर अरविन्द साह ले १८ हजार १३९ मतसहित भारी अग्रता बनाएका छन्। कांग्रेसका फरमुल्लाह मन्सुर ४ हजार ५६२ मत हासिल गरेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ४ मा रास्वपाका रहबर अन्सारी १० हजार ९१८ मतसहित अघि छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका किसान श्रेष्ठ ले २ हजार ४१६ मत पाएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.