आईतवार, आश्विन ४,२०८३ 10:20:10
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 10:20:10
Bizshala
Global IME Bank Limited

निर्वाचन क्षेत्र बदलेर रुकुम पूर्व पुगेका प्रचण्ड विजयी, दल प्रमुखमध्ये पहिलो जित

निर्वाचन क्षेत्र बदलेर रुकुम पूर्व पुगेका प्रचण्ड विजयी, दल प्रमुखमध्ये पहिलो जित
New Office

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। शुक्रबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनी रुकुम पूर्वबाट १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन्।

Shivam Cement
Bizshala
CG Motors

राजनीतिमा निकै चतुर रणनीतिकार मानिने प्रचण्ड अन्य क्षेत्रमा हार्ने सम्भावना देखिएपछि निर्वाचन क्षेत्र परिवर्तन गर्दै रुकुम पूर्व पुगेका थिए। अन्ततः उनले त्यहीँबाट सहज जित हासिल गरेका छन्।

यससँगै प्रचण्ड नेपालमा अहिले अस्तित्वमा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन्। अन्य दलका अध्यक्ष वा सभापतिहरूले उम्मेदवारी दिएका क्षेत्रमा भने मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

Muktinath Bikas Bank Limited

रुकुम पूर्वमा भएको प्रतिस्पर्धामा नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरे भने नेपाली कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन्।

प्रचण्डको जितसँगै नेकपाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जितको खाता पनि खोलेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.