मंगलवार, श्रावण ५,२०८३ 10:19:53
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:19:53
Bizshala
Global IME Bank Limited

मनाङबाट विजयी कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर, सपथ लिन नपाउने

मनाङबाट विजयी कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर, सपथ लिन नपाउने
New Office

काठमाडौँ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भए पनि उनले सांसदको सपथ लिन नपाउने तथ्य खुलेको छ।

अन्तिम मतपरिणामअनुसार गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदीले ४४६ मत पाएकी छन्।

तर विशेष अदालतले यसअघि नै गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको कारण उनी सांसदको सपथग्रहण गर्न अयोग्य हुने देखिएको छ। भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिने क्रममा भएको अनियमिततासम्बन्धी प्रकरणमा उनलाई भ्रष्टाचारको मतियार ठहर गरिएको थियो।

विशेष अदालतले २०७९ फागुन १५ गते गरेको फैसलाअनुसार गुरुङबाट एक करोड २१ लाख रुपैयाँ असुल गर्नुपर्ने निर्णय पनि सुनाएको थियो।

हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.